टिपरको ठक्करबाट महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना६ख ६७२७ नम्बरको टिपरले आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते भएका छन् ।

उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।–रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्