‘भागबन्डा, गुटबन्दीरहित कांग्रेस बनाएर तीनवटै तहको निर्वाचन जित्नेगरि अघि बढ्ने’ : कोइराला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले भागबन्डा, गुटबन्दीरहित कांग्रेस बनाएर सबैलाई समेट्दै तीनवटै तहको निर्वाचन जित्ने गरि अघि बढ्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोईरालाले अनुभव र उर्जाले भरिएको आफ्नो टिमलाई जिताउन आग्रह गर्दै महाधिवेशनपछि सबैलाई समेटेर तीनवटै तहका निर्वाचन जित्ने गरी अघि बढ्ने बताए । उनले आफुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, शंशाक कोईरालाको साथ रहेको दावी गरे । उनले अहिले पार्टीभित्र नेतृत्वका लागि समूह देखापरेपछि महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुने बताए । उनले आफुले नयाँ कार्यक्रम, नयाँ विचार, नयाँ सोचका पार्टीलाई एकतावद्ध भएर अघि बढाउने धारणा राखे ।

पत्रकार सम्मेलनमा कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ कोइरालाको प्यानल रोजेको बताउनुभयो । उहाले एमालेजस्तो गोजीबाट नाम निकालेर पदाधिकारी चयन गर्ने पार्टी कांग्रेस नभएको भन्दै लोकतान्त्रीक पार्टीभित्र निर्वाचनको परिणामलाई स्वीकार गर्नुपर्ने बताए ।

उनले सभापतिमा निर्वाचित भएको दिनबाट गुटको नभई सिंगो कांग्रेसको सभापति बन्न कोईरालालाई सुझाव दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्