‘कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ ’ : केन्द्रीय सदस्य आचार्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्छ भने ।

“कांग्रेसलाई ठूलो पार्टीमात्र होइन, जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, विदेशिएको श्रम शक्तिलाई स्वदेशमा नै रोजगार दिने वातावरण कांग्रेसले निर्माण गर्छ, अग्रजको अनुभव र युवाको जोसलाई सँगै लिएर कांग्रेस अगाडि बढ्छ”, उनले भने । उनले कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउने र आफूलाई विजयी गराउने देशभरका पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिलाई धन्यवादसमेत दिए ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्