निःशुल्क शिविरबाट २२५ लाभान्वित

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा २२५ जनाले निःशुल्क परीक्षण गराएका छन् । बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले सो शिविर आयोजना गरेको हो ।

शिविरमा मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी समस्या भएका नारायणस्थान, अमलाचौर, पैञ्यूँपाटा र कुश्मीशेरालगायत स्थानका वासिन्दा उपचारका लागि पुगेका थिए । कुश्मा अस्पतालका चार चिकित्सकसहित २२ स्वास्थ्यकर्मी सहभागी शिविरमा रू ७० हजार बराबरको औषधि पनि निःशुल्क उपलब्ध गराइएको सहकारीका प्रबन्धक भरत पौडेलले बताए ।

शिविरमा प्रयोगशाला, एसिजी, इको जाँचलगायत सेवा उपलव्ध गराइएको उनले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्