नेपालमा आइतबार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा आइतबार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ८० पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्