बैदेशिक रोजगारमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको जनाएको छ । सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अघि बढाइएको जानकारी दिए ।

क्षमतावान श्रमशक्ति पठाउन नसक्दा बैदेशिक रोजगार क्षेत्र धरासयी अवस्थामा पुगेको उहाले बताए । स्वदेशमा रोजगार सिर्जना गर्न नसक्ने हो भने बैदेशिक रोजगारमा नै सीपयुक्त श्रमिक पठाउनुपर्ने र यसका लागि सरकारले नै तालिम दिने जानकारी दिए । त्यस्तै सचिव अर्यालले अवैधानिक ढंगबाट कामदार पठाउने गर्दा समस्या देखिएको बताए । भ्रमणभिसामा श्रमिकहरु बैदेशिक रोजगार जाने गरेकाले भ्रमण भिसामा देखिएको बिकृति र बिसंगतिलाई हटाउनुपर्ने उनको भनाई छ । उनले बैदेशिक रोजगारमा जाने घरेलु कामदारले भोग्नुपरेका समस्याप्रति पनि मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारका क्षेत्रलाई व्यवस्थीत गर्न समितिले दिएको निर्देशन पालना नभएको बताएका थिए । पूर्व श्रममन्त्री एवं समिति सदस्य रामेश्वर राय यादवले बैदेशिक रोजगारमा जाने कामदारलाइ कामको पूर्वजानकारी र सिपको व्यवस्थापन गर्नुपर्ने र यसकालागि आवश्यक कानून संसोधन गर्न सुझाव दिए । त्यस्तै समिति सदस्यहरुले घरेलु कामदारका बिषयमा राज्य गम्भीर हुन नकसेका कारण नै उनीहरुले समस्या भोग्नुपरेको भन्दै आवश्यक नीति निर्माण गर्न ध्यानाकर्षण गराएका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्