नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रिय पार्टी कार्यालयमा दिए धर्ना

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रिय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

सोमवार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिए । उनले एक ब्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको बताए ।

उनले पार्टी अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्