ज्येष्ठ नागरिकलाई कम्बल वितरण

Ad
  • कालोपाटी सम्बाददाता

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाली कांग्रेसका जिल्ला उपसभापति विजय खड्काको पहल, कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा यहाँका नागरिकलाई चिसोमा न्यानो कम्बल वितरण गरिएको हो ।

प्रतिव्यक्ति एउटा कम्बलका दरले ८० जनालाई वितरण गरिएको हो । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको कांग्रेस वडा सभापति बहादुरसिंह कठायतले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्