चन्द्रागिरिमा हिमपात सुरु

Ad
  • कालोपाटी सम्बाददाता

देशका विभिन्न जिल्लामा वर्षासँगै हिमपात भएको छ। काठमाडौमा समेत  वर्षासँगै पर्यटकीय ठाउँ चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्