हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडीबी टोलीको हेलिकप्टरबाट उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक एडीबी को विशेषज्ञ सहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शक सहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित एक होटलमा राखिएको छ ।

एडीबीको विशेषज्ञ नेपाली टोली पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । त्यहाँ बस्दै आएको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बस्नु परेको उनीहरुले बताएका छन् । गत असार १ गते आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा धनजनको व्यापक क्षति भएको थियो । मेलम्ची खानेपानी आयोजनामा पनि पहिरोले क्षति पुर्याएको छ । त्यहाँको भौगर्भिक अवस्था अध्ययनका लागि एडीबीको टोली एक साताअघि त्यता गएको थियो ।

एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता पनि हो । त्यसैले खानेपानी मन्त्रालयको समन्वयमा एडीबीको टोली हेलम्बु क्षेत्रमा पुगेको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्