माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिए

Ad
  • कालोपाटी सम्बाददाता

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए । एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ ।

बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका हुन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्