लगातार उकालो लागेको सुनको मुल्य मंगलबार २४ सय रुपैयाँले घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्यले घटेको छ  । सोमबारको तुलनामा सुनको २४ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, मंगलबार २४ सय रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १८ हजार ६ सय  ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य  १ लाख २ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ८६ रुपैयाँ  कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्