नेकपा एसको सचिवालय बैठक पुन:सुरु, महाधिवेशनको मिति तोकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक मंगलबार पुन:सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा मंगलबार पुन:सुरु भएको हो ।

सोमबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक मंगलबार पुन:बोलाएको हो ।

उक्त बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिएका छन् । उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा (आज) मंगलकारको बैठकमा छलफल भइरहेको बताएका छन् ।

उपमहासचिव खतिवडाले भने, ‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ । राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्