ज्योति विकास बैंकको सीइओमा कपिल ढकाल नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले ढकाललाई सीइओ पदमा नियुक्त गरेको हो ।

उक्त बैठकले ढकाललाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको छ । बैंकले बुधबारदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।

यसअघि ढकाल उक्त बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्