नेपालको सेयर बजार केहि डनहरुले कब्जामा राखेका छन्: गोकुल बाँस्कोटा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेपालको सेयर बजार केहि डनहरुले कब्जामा राखेको बताएका छन् । बाँस्कोटाले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले एक सुचना मार्फत भने, ‘प्रायोजीत हल्ला मच्चायो भाउ बढायो जनतालाई किनायो । उसैगरी उल्टो हल्ला चलायो भाउ घटायो र जनताबाटै कौडीमा किनीदियो गरेरमात्र नेपालको सेयर बजारका केही डनहरुले सेयर बजार पुरै कब्जामा राखेका छन, भन्छन् । वाइसिओ भन्ने कम्पनीलाई  मनपरी बजार चलाउने छुट कसले दियो ? जनता घाटामा,तीनजना नाफामा ?’

सांसद गोकुल बाँस्कोटाले  सामाजिक संजाल फेसबुकमार्फत (आज) शुक्रबार यस्तो लेखेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्