एसिसी यू-१९ एसिया कप: नेपालले पाकिस्तानलाई दियो १ सय ५३ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुवईको आइसिसी एकेडेमी-२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको योगफल बनाएको हो ।
 नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिएका छन् । त्यसैगरी, दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे । कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका छन्  ।
यस्तै, ओपनर अर्जुन कुमालले २१ रन जोडेका छन् । उनले ३७ बलमा ३ चौका प्रहार गरेका छन् । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट भए । नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती पाँच विकेट गुमाएको थियो । कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भए भने आकाश त्रिपाठी ६ रनमा आउट भएकाख छन् । तिलक भण्डारीले ७ र सुवास भण्डारीले अविजित ८ रन बनाएका छन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले ६ विकेट लिएका छन् । साथै, अमिर हसनले २ तथा उबेद शाह र अली असफन्दले समान १-१ विकेट लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्