१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति गठन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले (आज) शुक्र्रबार छ सदस्यीय छानबिन समिति गठन गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा.टोकराज पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगानासमेत रहेका छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड-५७३ बाट गएराति ११:४० बजे काठमाडौँ उत्रेका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको थियो ।

चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखा बारपाकका मीनबहादुर घलेलाईसमेत प्रहरीले पक्राउ गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्