नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले (आज) शुक्रबार काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता  कुवेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याएको उक्त सुन प्रहरी टोलीले नागढुङ्गाबाट बरामद गरी तीन जनालाई पक्राउ गरेको हो ।

यस्तै, सुन रसुवा नाकाबाट भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले उक्त विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्