मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन मंगलबार ७ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापवाला सुनको मूल्य ९९ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार २ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्