मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७ बजे आगलागी भएको हो । दक्षिणी जिल्ला खान-उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो । सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् ।

घाइते भएका दुईजना व्यक्तिको उपचारका क्रममा  निधन भएको छ । आगलागीको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्