श्रीलङ्काका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै छन् । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री (आज) बधबार नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
उनले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल-श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् ।
संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्ने भएका छन् ।  साथै, दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्तासमेत गर्ने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्