जागिर खाने हो ? नेपाल खानेपानी संस्थानमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्ने गरी कर्मचारी माग गरेको छ । संस्थानले बुधबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि संस्थानले आह्वान गरेको छ । नेपाल खानेपानी संस्थानले जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, लाइट ड्राइभर, हेल्पर र कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको हो ।

यस्तै, उक्त सूचना अनुसार जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाईको योग्यता ८ पास र तीन वर्षको कार्यानुभव हुनुपर्छ । साथै, कार्यालय सहयोगीका लागि सामान्य लेखपढ गरेको हुनुपर्नेछ ।

संस्थानका अनुसार ६१ जना जनशक्ति माग गरेको कामका लागि ३० दिनभित्र उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्