प्रधानमन्त्री कप क्रिकेट: कोशीले दियो मधेस प्रदेशलाई १ सय ३० रनको चुनौती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि-२० महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि १ सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय २९ रनको योगफल बनाएको हो ।

कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् ।

त्यस्तै, अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् । लकिता राजबंशीले ६ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाएकी छिन् ।

बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् । मधेश प्रदेस अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्