नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छालाई मातृशोक..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । गोल्छाकी आमा पुखराजदेवीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार पिसाबसम्बन्धि समस्याका कारण एक साताअघि उपचारका लागि नर्भिक अस्पताल लगिएकी पुखराजदेवीको मंगलबार राति निधन भएको हो । पुखराजदेवी हुलासचन्द गोल्छाकी श्रीमती हुन् । उनका चार छोरा चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय छन् ।

स्वर्गीय पुखराजदेवीको दाहसंस्कार बुधबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्