बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा बन्द भएको हो ।

बिहीबारको बजारमा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २ सय ९७ रूपैयाँको सेयर कारोबार भएको छ । बुधबार ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रूपैयाँको सेयर कारोबार भएको थियो । यो रकम अघिल्लो दिनको तुलनामा ९५ करोड रूपैयाँ कमी हो । यस दिन ३ सय ३ वटा धितोपत्रको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता सेयर किनबेच भएको हो । बिहीबार १ सय ३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३५ वटाको घटेको छ । साथै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यस्तै, आज ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५ सय ३४ रूपैयाँ ६० पैसा पुगेको छ । चिरख्वा हाइड्रोपवर, हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । धैलागिरी लघुवित्त र बिपिडब्ल्यु लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

उक्त कम्पनीहरूको प्रति कित्ता मूल्य क्रमश: ९ सय २४ रूपैयाँ ३० पैसा र १ हजार ३ सय ६४ रूपैयाँ ४० पैसा कायम भएको छ । बिहीबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको प्रतिकित्ता ४ सय ५४ रूपैयाँ १० पैसामा १४ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ९.४० प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ५ सय ६९ रूपैयाँ ९० पैसामा १३ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । बिहीबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्