पशुपतिनाथ मन्दिरको बैंक खातामा २ अर्ब ७८ करोड रुपैयाँ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  पशुपतिनाथ मन्दिरको बैंक खातामा २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरको बैंकमा मौज्दात रहेको उक्त रकम भेटी, भाडा तथा बैंक व्याजबाट उठेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले कोषका नाममा खोलिएका विभिन्न बैंकका खातामा मुद्दती, अक्षयकोष र बचत रकम गरी सो मात्राको रकम रहेको जानकारी दिएका छन् । उनका अनुसार चल्ती र बचत खातामा ४१ करोड रुपैयाँ रहेको छ भने अक्षयकोष तथा मुद्धति खातामा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

पशुपतिको जग्गा एयरपोर्टसम्म रहेको छ । मन्दिरको जग्गा नागरिक उड्डयन प्राधिकरणले  प्रयोग गरेकोले त्यसबापत १ करोड रुपैयाँ वार्षिक भाडा आउने खत्रीले जानकारी गराएका छन् । यस्तै, तारागाँउ विकास समितिले वार्षिक ४९ हजार ६ रोपनि जग्गा भाडा बापत दिने गरेको उनले उल्लेख गरेका हुन् ।

पशुपति क्षेत्र घुम्न आउने तेस्रो मुलुकका पर्यटकबाट मात्रै दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म भेटी संकलन हुने खत्रीको भनाइ छ । दैनिक भेटी पर्यटनबाट र पशुपति क्षेत्रका सटर पसल भाडाबाट आएको रकम नै आम्दानीको मुख्य स्रोत रहेको उनले बताएका छन् । दैनिक भेटी संकलन गर्न ९ वटा घ्याम्पा राखिएको र हरेक दिन गनेर बैंकमा जम्मा गर्ने गरिएको खत्रीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्