श्रीमानद्धारा घाँटीमा तुना कसेर श्रीमतीको हत्या, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । घाँटीमा तुना कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भई पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने ३६ वर्षीय रत्न बहादुर घर्ती पक्राउ परेका हुन् ।

घर्तीले आफ्नै २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले घर्तीलाई पक्राउ गरेको हो । श्रीमानले २८ वर्षीया श्रीमतीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ । एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहरूका दुई जना बच्चा पनि छन् । पछिल्लो समय श्रीमान-श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ ।

एसपी थापाले भने, ‘यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो । अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन् । बिहीबार महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन् ।  त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए ।’ लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ ।

रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताएका छन् । एसपी थापाले भने, ‘उनका प्रेमी भने भाग्न सफल भएका थिए । हत्या हुँदा धेरै बेर पनि लागेनछ । घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन् । प्रेमीलाई भेटाउन पाएनन् । घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन्।’

यस्तै, घटना भएको केहीबेरमा प्रहरीलाई खबर आएको थियो । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटेका थिए । प्रहरीको टोलीले घटनास्थल नजिकैबाट रत्नबहादुरलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्