बिहीबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भइरहेको हो ।

भारतीय ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८५ रुपैयाँ, मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ५६ रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर १३०  रुपैयाँ, तराई गाजर १२० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी १००, मकै बोडी ९०, घिउ सिमी लोकल १३०, टाटे सिमी ८०, भटमासकोसा ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला १००, लौका ७०, लोकल परवर १०० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौला ९०, झिगुनी ७०, फर्सी पाकेको ५०, भिण्डी १००, बरेला १२०, पिंडालू ६०, स्कुस ३० रुपैयाँ, रायो साग १०० र तोरीको साग १०० रुपैयाँ, हरियो प्याज १८०, कन्य च्याउ १६०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली ९०, चुकन्दर ७०, जिरीको साग ९०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १२०, खुर्सानी हरियो (बुलेट) १५०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १५०, हरियो लसुन २५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६०  रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार स्याउ(फूजी) ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३३०, अंगुर (कालो) ३८०, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो २५, निबुवा ४०, अम्बा ५०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ४०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्