काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज चार सय रुपैयाँले बढेर एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।