माओवादीले काठमाडौंमा खबरदारी सभा गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए । उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिए ।

माओवादीले विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनता देखिएको आरोप पनि लगाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्