उपत्यकामा फेरि ‘नो हर्न’ अभियान सुरू

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेरि ‘नो हर्न’ अभियान सुरू गरेको छ। ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन  प्लेकार्डसहित सवारी चालकलाई अनावश्यक हर्न नबजाउन अनुरोध गर्न थालेको हो । पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै कारवाहीको साथै सचेतना जगाउने काम गर्दै आएको छ ।

काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रूपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट बितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाईका साथ कारवाही समेत गर्दै आएको छ ।

सवारी तथा यातायात व्यबस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यबस्था छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्