एमालेले पाएन मीनबहादुरबाट दान लिएको जग्गा हक हस्तान्तरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले आदेशको लिखित रुप प्राप्त नभएको बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्