सेयर बजार उच्च अङ्कले बढेर २६ सय ९२ विन्दुमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार पनि सेयर बजार दोहोरो अङ्कले बढेको छ ।अघिल्लो दिन २७ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ मा कायम भएको छ ।

साथै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन पाँच अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोडको भयो । तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्