काठमाडौँ । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवन एक कर्मचारीको शव फेला परेको छ । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झाको शव झ्यालमा बाँधिएको अवस्थामा सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।
घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।