काठमाडौँ । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रेखण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म कुनै पनि बेला एक घण्टा सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
साथै, उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । रासस