काठमाडौँ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ । वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका ३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।
बाइक वर्कसप हटाउन पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएको महानगर प्रहरीले जनाएको छ ।