काठमाण्डौ । भोटेकोशीको बाढी र विपद्बाट ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ । यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन् ।
यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
बाढीबाट कुल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्राधिकरणले प्रारम्भिक अनुमान गरेको हो । शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखेको छ । काठमाण्डौबाट ६९ ट्रक र ३८ जीपमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ भने सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ ।
सरकारले रसुवा र नुवाकोटलाई १र१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।
बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवाहरू क्रमशः सञ्चालनमा आउँदैछन् । नेपाल टेलिकमका १२० मध्ये ११६ र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्