Skip to content

रास्वपाले आफ्नै ‘घण्टीघर’ बनाउने, घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान

कालोपाटी

१३ मिनेट अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालय सञ्चालनका लागि घरजग्गा खरिद गर्न प्रस्ताव आह्वान गरेको छ।

स्थायी स्वामित्वमा केन्द्रीय कार्यालय निर्माण गर्नका लागि घर तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो।

पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै स्थायी कार्यालय संरचना निर्माण गर्न खोजिएको रास्वपाले जनाएको छ।

असोज १७ को केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो।

रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त प्रयोजनका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनीरजग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ।’

कार्यालय सञ्चालनको लागि काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको ३ रोपनी जग्गा हुनुपर्ने सूचनामा उल्लेख छ।

अहिले रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार