काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको रवैया ठिक नभएको भन्दै उनको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
सर्वदलीय बैठकबाट निस्किँदै गर्दा थापाले संसदप्रतिको गरिमा राख्न प्रधानमन्त्रीलाई सुझाए । विपद्को घडीमा सरकारलाई बिनासर्त सहयोग गर्न सबै दल तयार रहेको उनको प्रष्टोक्ति थियो ।
थापाले भने, ‘हामीले मेहनत गरेर समिति बनाउने, रिपोर्ट दिने तर प्रधानमन्त्रीले त्यसलाई सामान्य छलफलमा पनि रुचि नदेखाउने अवस्था नबनोस् । त्यसैले प्रधानमन्त्रीलाई सुरूदेखि नै यस प्रक्रियाको जानकारी राख्न हामीले सत्तापक्षका नेताहरूलाई सचेत गराएका छौँ ।’
सर्वदलीय बैठकपछि नेताहरूले सर्वदलीय संसदीय संयन्त्रको प्रक्रिया तत्काल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्