काठमाडौँ । नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अर्को साता संयुक्त राज्य अमेरिका जाने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सो जानकारी दिएका हुन्। अर्को सातादेखि सुरु हुने राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीले गर्ने र टोलीमा आफू पनि सहभागी हुने उनले बताए। महासभामा नेपालको सहभागिताका क्रममा राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाउने लक्ष्य राखिएको छ।
बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ।’ नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा आफू लगायतको टोली सहभागी हुन जान लागेको उनले जानकारी दिए।
बिहीबारको समिति बैठकमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिताका साथै जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग विशेष छलफल भएको छ। बैठकका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तका विषयमा विज्ञहरूले आ-आफ्नो धारणा राखे।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालका जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा समेत समितिमा गहन छलफल भयो। परराष्ट्रमन्त्री खनालले महासभाको सहभागितालाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्