काठमाण्डौ । अर्थमन्त्री डा।स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
भारत सरकारको निमन्त्रणामा उहाँ आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डा वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण, पूर्वविदेशसचिव श्याम शरण, भारतीय विदेशमन्त्री डा। एस जयशङ्करसँग भेटवार्ताको गर्ने कार्यक्रम छ । वाग्ले भोलि भारत व्यापार सम्वद्र्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यसैगरी, पर्सि शनिबार भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ । उहाँ शनिबार दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्