काठमाडौँ । दसैँको टीका र जमरा लगाएर गाउँघरमा चाडपर्व मनाएका सर्वसाधारण काठमाडौँ फर्किन थालेका छन्। रोजगारी, अध्ययन तथा व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू फर्किन थालेपछि काठमाडौँ भित्रिने सडकमा यात्रुको चहलपहल बढेको छ।
उपत्यकाको प्रमुख प्रवेश नाका कलंकी क्षेत्रमा पनि बाहिरबाट भित्रिने सवारीसाधनको संख्या बढ्दै गएको देखिन्छ। सार्वजनिक बस तथा अन्य सवारीसाधनमा यात्रुहरू आफ्नो गन्तव्यतर्फ फर्किरहेका छन्।
दसैँका बेला अधिकांश मानिस गाउँ फर्किएपछि सुनसान बनेका सडकमा अहिले पुनः सवारीसाधनको चाप बढ्न थालेको छ। यात्रुको आगमनसँगै काठमाडौँ उपत्यकाको जनजीवन पनि क्रमशः सामान्य लयमा फर्किन थालेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्