काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् ।
एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए ।
उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो छोटो समयमै एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भइसकेको छ। लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई न्यानो स्वागत छ । नेपाली क्रिकेट अमर रहास् ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्