काठमाडौँ । छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ। पर्वको तयारीमा जुटेका सर्वसाधारण पूजाका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुग्न थालेपछि छठको रौनक देखिन थालेको हो।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनियालगायत बाँसबाट बनेका सामग्रीको किनबेच बढेको छ। पूजाका सामग्री राख्न प्रयोग गरिने यी परम्परागत सामग्री छठ पर्वका अभिन्न हिस्सा मानिन्छन्।
पर्व नजिकिँदै जाँदा बजारमा बाँसका सामग्रीको माग बढ्नुका साथै स्थानीय बजारमा चाडपर्वको माहोलसमेत थपिँदै गएको छ। घरघरमा छठ पूजाको तयारी सुरु भएसँगै सिरहाका बजारहरू पर्वमय बन्न थालेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्