काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयर (IQAir) ले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो।

आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २५६ रहेको छ।
त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन्।

आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्