काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समय तय गरेको छ।
कार्तिक १२ गते हुने गरी शपथको समय तय भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
उनका अनुसार शपथ २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको उनले बताए।
सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिरहेका छन्।
केन्द्रीय सदस्यको शपथपछि पहिलो केन्द्रीय समिति बैठक बस्ने कांग्रेसको तयारी छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्