Skip to content

ओलीको टिप्पणी- ‘नक्कली भगवान् जन्मिएर हैरान छ’

कालोपाटी

१ मिनेट अगाडि

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान भएको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै पार्वतीको श्रापपछि देवता जन्मिन छाडे पनि अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्।

उनले भने, ‘यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवान्हरू छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मन पाएनन्। तर अहिले नक्कली भगवान् जन्मिएर हैरान छ।’
दक्षिणतिरबाट जोगीहरू आए उनीहरूको खुट्टा समातेर ढोग्न मन लाग्ने तर आफ्नै देशका विद्वान्लाई त्यति महत्त्व नदिने प्रवृत्ति रहेको उनको भनाइ छ।

उनले भने, ‘आफ्ना कहाँका विद्वान् चाहिँ हामी त्यति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उद्धरण कमै गर्नुभएको होला, विदेशीकै उद्धरण गर्नुभएको होला।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार