Skip to content

दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घट्यो

कालोपाटी

१० मिनेट अगाडि

काठमाण्डौ । दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४।३४ अङ्कले घटेर २ हजार ६२९।८२ विन्दुमा झरेको छ । गएको ३० गतेपछि आज शेयर बजार खुलेको हो ।

आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।

आज १७१ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज चिरख्वा हाइड्रोपावरको शेयर झन्डै ८ प्रतिशतले घटेको छ । बजार सामान्य ओरालो लागेको दिन बेनी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको असोज ३० गते ४ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीको १ करोड ३ लाख कित्ता शेयर ४ अर्ब २४ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार