Skip to content

तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । यसपालीको तिहारमा काठमाण्डौ उपत्यकामा झण्डै ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आउँदो तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गर्नुभयो ।

यसैबीच एसोसिएसनले भोलिदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको संयोजक सुमन महर्जनले जानकारी दिनुभयो ।

मेलामा ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् ।

प्रतिक्रिया दिनुहोस्