Skip to content

नागरिकताको प्रतिलिपि लिन अब जिल्ला धाउन नपर्ने

कालोपाटी

१२ मिनेट अगाडि

काठमाडौं । सरकारले अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।नयाँ व्यवस्थाअनुसार नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा तथा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ।

सेवाग्राहीको चाप व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा दिने व्यवस्था मिलाइएको छ।
तर, नागरिकताको प्रतिलिपि जारी गर्न राष्ट्रिय परिचय व्यवस्थापन र केन्द्रीकृत नागरिकता सूचना प्रणालीमा रहेको जैविक विवरण हुबहु मिल्नुपर्ने प्रशासनले जनाएको छ।यसअघि नागरिकताको प्रतिलिपि सम्बन्धित जिल्लाबाट मात्रै लिन सकिने व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार